images
images

बोलेरोबाट खस्दा एक पुरुष गम्भिर घाईते

  • १९ चैत्र २०७९, आईतवार १४:३४

सिन्धुली । सिन्धुलीमा बोलेरोबाट खस्दा एक जना गम्भिर घाईते भएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १२ जिनाखुका ३५ बर्षिय नेत्र पौडेल पिकअप बोलेरोबाट खस्दा गम्भिर घाईते भएका हुन् । पौडेल सिन्धुलीको जिनाखुबाट दुधौलीतर्फ आउँदै गरेको स १ च १७४९ नम्बरको पिकअप बोलेरोको पछाडि सवार रहेका थिए । बोलेरोबाट खस्दा टाउको र अनुहारमा चोट लागेका पौडेलको अवस्था गम्भिर रहेको सिन्धुलीका प्रहरी नायब उपरिक्षक चिरञ्जिवी दहालले जानकारी दिनुभयो । घाईते उनको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत् काठमाडौँको मेडिसिटी अस्पताल पठाईएको उहाँले बताउनुभयो ।