
काठमाडौं । काठमाडौंको तिनकुनेमा यही १५ गते राजावादीको प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई सरकारले १०/१० लाख दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले सो रकम निकासाका लागी अर्थमन्त्रालय आग्रह गर्ने निर्णय गरेको हो । सो घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । महर्जनको प्रहरीकोे गोली लागेर मृत्यु भएको थियो भने रजकको आगलागीमा परेर मृत्यु भएको थियो ।
मन्त्रालयले सञ्चारमाध्यहरुमा आवशयक सुरक्षाको प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले निर्देशन दिएको छ । कार्यालयले आवश्यक तयारी समेत थालिसकेको छ ।