भक्तपुर । सुनको मुल्यमा विहिबार गिरावट आएको छ ।
स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा ३ हजारमाथिको गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार रुपैयाँमा झरेको छ ।अघिल्लो दिन सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँले घट्दै ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










