जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा कांग्रेससँगको गठबन्धन टुटेपछि नेकपा माओवादी केन्द्र आक्रमक शैलीमा चुनावी प्रचारप्रसारमा लागेको छ ।
कांग्रेससँग अन्तिममा गठबन्धन टुटेर एकीकृत समाजवादीसँग मात्रै तालमेल भएको जिरीमा माओवादी केन्द्रले चुनावी अभियानलाई तीब्रता दिएको हो । शनिबारदेखि जिरी माओवादी तीब्र रुपमा घरदैलो अभियानमा लागेको छ । यसअघि गठबन्धनको अन्तिम निर्णय नआउँदा अलमलमा रहेको माओवादी गठबन्धनको कुरा टुङ्गिएपछि प्रचारप्रसारमा लागेको छ । शनिबारदेखि माओवादी केन्द्रिय सदस्य नवीन जिरेल सहित बागमती प्रदेशसभा सांसद आङदेण्डी शेर्पा, नगरप्रमुखका उम्मेद्वार गेल्बु शेर्पा उपप्रमुखका उम्मेद्वार तेज बहादुर तामाङ सहितका नेता कार्यकर्ताहरु चुनावी अभियानका क्रममा जनताको घरदैलोमा पुगेका छन् ।
कांग्रेससँग अन्तिममा गठबन्धन टुटेर एकीकृत समाजवादीसँग मात्रै तालमेल भएको जिरीमा माओवादी केन्द्रले चुनावी अभियानलाई तीब्रता दिएको हो । शनिबारदेखि जिरी माओवादी तीब्र रुपमा घरदैलो अभियानमा लागेको छ । शनिबार वडा नम्बर ३ मा धुमधामका साथ बाजागाजासहित घरदैलो अभियानमा पुगेका उनीहरुले आइतबार वडा नम्बर २ मा अभियान चलाएका छन् ।
शनिबार वडा नम्बर ३ मा धुमधामका साथ बाजागाजासहित घरदैलो अभियानमा पुगेका उनीहरुले आइतबार वडा नम्बर २ मा अभियान चलाएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट नरप्रमुखका उम्मेदवार गेल्बु शेर्पा र उपप्रमुखका उम्मेदवार तेज बहादुर तामाङ रहेका छन् । शेर्पाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपनि पार्टीले अहिले उनलाईनै नगरप्रमुखको आधिकारीक उम्मेदवार बनाएर निर्वाचनमा लैजाने निर्णय गरिसकेको छ । तर, उनले यसअघि स्वतन्त्र उम्मेदवारी दिएका कारण उनको चुनाव चिन्ह भने पानीको धारा रहेको छ ।
नगरप्रमुखका उम्मेदवार शेर्पा जिरीको प्रभावशाली नेताको रुपमा चिनिन्छ । उनले यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा पनि दोस्रो लोकप्रिय मत प्राप्त गरेका थिए । उनी अहिले पनि बलियो दावेदारको रुपमा रहेका छन् । शेर्पा र तामाङ दुवै जिरी राजनीतिको हस्तीका रुपमा रहेका छन् ।