images
images

बलियो जनआधार युवा नेतृत्वको पक्षमा छ, बैतेश्वरमा विजयी हुनेमा ढुक्क छौँः उपाध्यक्षका उम्मेदवार दहाल

  • १९ बैशाख २०७९, सोमबार १३:३३

दोलखा । गठबन्धनको तर्फबाट बैतेश्वर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार कल्याण दाहालले वैतेश्वरको मुहार फेर्नका लागि गठबन्धनबाट युवा नेतृत्व निर्वाचनमा होमिएकाले विजयी गराउन आग्रह गर्नुभएको छ ।

हाम्रो रेडियोकोे कार्यक्रम स्थानिय तह निर्वाचन विशेषमा कुराकानी गर्दै उपाध्यक्षका उम्मेदवार दाहालले वैतेश्वरको समग्र विकासका लागि सक्षम युवा नेतृत्व निर्वाचनमा उम्मेदवार बनेकाले गठबन्धनलाई विजय गराउन वैतेश्वरवासिलाई आग्रह गर्नुभएको हो । नेकपा एकीकृत समाजवादीको तर्फबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार दाहालले सबै क्षेत्रमा प्रतिनिधित्व गरेर धेरै अनुभव संगालेका व्यक्तिहरु गठबन्धनदलबाट वैतेश्वरको चुनावी मैदानमा होमिएको भन्दै बैतेश्वरलाई नमुना बनाउन युवा नेतृत्वको आवश्यकता रहेकाले विजय गराउन बैतेश्वरवासीलाई आग्रह गर्नुभयो । पछिल्लो राजनीतिक घटनाक्रममा लामो समयदेखि राजनीतिमा योगदान गर्ने व्यक्ति छाँयामा पर्दै जाने र गुण्डागर्दी, आतंक मचाउनेहरु राजनीतिमा हावि हुँदै जाने परिस्थिती बनेको भन्दै उहाँले नेकपा एमाले र कांग्रेसबाट सक्षम युवाले नेतृत्व गर्ने सम्भावना नदेखेर वैतेश्वरको विकासका लागि गठबन्धनबाट युवाहरुलाई अघि सारेको बताउनुभयो ।

अनेरास्ववियुको केन्द्रीय कमिटिको उपमहासचिव रहेका दाहालले आफु लामो समयदेखि राजनीतिमा सक्रिय रहेर देश विदेशको राजनीतिक अनुभव संगालेर गाउँ विकास गर्ने सोचका साथ निर्वाचनमा होमिएको उल्लेख गर्नुभयो । उहाँले गठबन्धनको सांगठनिक आधार बलियो हुनुका साथै जनआधार र सबै क्षेत्रमा प्रतिनिधित्व गरेका व्यक्तिहरु आवद्ध रहेकाले जित निश्चित रहेको दावी गर्नुभयो । नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण तीन दलको गठबन्धन भत्किएपनि दुई दलको गठबन्धन नै निर्वाचन जित हासिल गर्न सक्षम हुने उहाँको भनाई छ । जनमतको आधारमा वैतेश्वरमा नेकपा माओवादी केन्द्र र नेकपा एस मिलेर बनेको गठबन्धन दल पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो रहेको उहाँले उल्लेख गर्नुभयो ।

गठबन्धनको तर्फबाट बैतेश्वर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार कल्याण दाहालले वैतेश्वरको मुहार फेर्नका लागि गठबन्धनबाट युवा नेतृत्व निर्वाचनमा होमिएकाले विजयी गराउन आग्रह गर्नुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रममा लामो समयदेखि राजनीतिमा योगदान गर्ने व्यक्ति छाँयामा पर्दै जाने र गुण्डागर्दी, आतंक मचाउनेहरु राजनीतिमा हावि हुँदै जाने परिस्थिती बनेको भन्दै उहाँले नेकपा एमाले र कांग्रेसबाट सक्षम युवाले नेतृत्व गर्ने सम्भावना नदेखेर वैतेश्वरको विकासका लागि गठबन्धनबाट युवाहरुलाई अघि सारेको बताउनुभयो । उहाँले वैतेश्वरको विकासका लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास र रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

अन्य पालिकामा गठबन्धनको प्रतिस्पर्धा एमालेसँग भएपनि वैतेश्वरमा एमाले बलियो नरहेकाले गठबन्धनबाट छुटिएको कांग्रेससँग आफुहरुको प्रतिस्पर्धा हुने दाहालले बताउनुभयो । निर्वाचनको मुखमा कांग्रेसबाट नेकपा एमालेमा प्रवेश गरका छविलाल तामाङ शक्तिशालि नभएकाले त्यसले कुनै असर नपर्ने उहाँको भनाई छ ।वैतेश्वर निर्वाचन लड्न जटिल र संवेदनशिल क्षेत्र रहेको भन्दै जनस्तरबाट विश्लेषण भइरहेका बेला उपाध्यक्षका उम्मेदवार दाहालले अघिल्लो निर्वाचनको जस्तै बुथ कब्जा गर्ने उदेश्यले जनतालाई त्रसाउने, धम्काउने, मानसिकता बनाएमा जनताको अभिमत जोगाउन आफुहरु पछि नहट्ने बताउनुभयो । २०५७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका वैतेश्वरमा उपाध्यक्षका उम्मेदवार दाहालले वैतेश्वरको विकासका लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास र रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले पालिकाको विकासका लागि प्राविधिक शिक्षामा जोड दिने, वैतेश्वर अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने, आधुनिक कृषि प्रणाली अवलम्बन गर्ने, पुर्वाधार विकासमा परिवर्तन, सानो उद्योगलाई विकास गरी रोजगारीमा जनतालाई जोड्ने लगायतका योजनाहरु बनाएको र सोहीअनुसार कार्यन्वयन गर्दै अघि बढ्ने बताउनुभयो । साथै निजी तथा सरकारी क्षेत्रमा रहेका कर्मचारीलाई दक्ष बनाउन प्राविधिक ज्ञान दिने, नमुना विद्यालय सञ्चालन गर्ने, आम जनतालाई उद्यमि बनाउने लगायतका नयाँ कार्यक्रम र योजना बनाएको दाहालले बताउनुभयो ।