images
images

निर्वाचन आयोगले आचारसंहिता उल्लंघनकर्ताको विवरण माग्यो

  • १९ बैशाख २०७९, सोमबार १६:११

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको विवरण माग गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई आचारसंहिता उल्लंघनकर्ताको विवरण सहित कारवार्हीका लागि सिफारिस गरी पठाउन निर्देशन दिएको जनाएको हो । आयोगले पार्टी कार्यालय बाहेकका स्थानमा दलको झण्डा र चुनाव चिन्ह नराख्न पनि निर्देशन दिएको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न आयोगले राजनितिक दल तथा उम्मेदवारहरुलाई आग्रह गरेको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा राजनितिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बार्ड नराख्न, श्रव्य सामाग्री नबजाउन र श्रव्यदृश्य सामाग्रीहरु प्रदर्शन नगर्न भनिएको छ ।