images
images

स्थानीय तह निर्वाचनः देशभर ३ सय ५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

  • १९ बैशाख २०७९, सोमबार १६:३२

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये देशभर ३ सय ५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दै ३ सय ५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जानकारी दिएको हो । निर्विरोध हुनेहरुमा वडाअध्यक्ष सहित सदस्य पदका उम्मेदवारहरु रहेका छन् । आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि मुलुकभर दलित महिला सदस्य पदमा १ सय ७० जनाको उम्मेदवारी नै परेको छैन । ७ सय ५३ वटा स्थानिय तहमा ६ हजार ७ सय ४३ जना दलित महिला सदस्यको उम्मेदवारी परेपनि १ सय ७० जना दलित महिला सदस्यको मनोनय दर्ता नभएको आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद आर्यलले जानकारी दिनुभयो ।