काठमाण्डौ । काठमाण्डौको सानेपामा धनमाल चोरी गरेको आरोपमा दोलखाका एक सहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले दोलखाको शैलुङ गाउँपालिका ८ घर भएका ३२ वर्षीय नारायण श्रेष्ठ र काठमाण्डौको टोखा घर भएका सौराज गजमेरलाई पक्राउ गरेको हो । श्रेष्ठले सामान चोरी गरी गजमेरलाई बेचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रा शाहले जानकारी दिनुभयो । उहाँका अनुसार चोरी गर्ने समुहका अन्य दुई जना ओरोपी फरार रहेका छन् ।
आरोपीहरुले हिरा, सुन र चाँदीका गहना चोरी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले ललितपुरको सानेस्थित गोपाल रिजालको घरबाट चोरी गरेको ९५ तोला चाँदीका सिक्का र बाला, ३ तोला सुन र मोतीका मालाहरु समेत बरामद गरेको छ ।