images
images

सहिदको बलिदानीलाई खेर जान दिन्नः बैतेश्वरमा अध्यक्षका उम्मेदवार लक्ष्मण खड्का

  • १९ बैशाख २०७९, सोमबार १८:२९

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार लक्ष्मण खड्काले सहिदको सपना पुरा गर्न आफु चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ ।

चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रमका क्रममा वैतेश्वरका विभिन्न टोल–टोलमा पुग्नुभएका अध्यक्षका उम्मेदवार खड्काले यस्तो बताउनुभएको हो । उहाँले सहिदले हिडेँको बाटो हिड्न र सहिदले देखेको सपना पुरा गर्न स्थानीय तहको निर्वाचनमा होमिएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता खड्काले सहिदले रगत बलिदान गरेर बनाएको गन्तव्य पुरा गर्न आफु चुनावी प्रतिस्पर्धामा उत्र्रिएको भन्दै गठबन्धनलाई विजयी गराउन आह्वान गर्नुभयो । उहाँले गठबन्धनलाई जिताउनका लागि साथ दिन सबै बैतेश्वरवासिलाई अपिल गर्नुभयो । अध्यक्षका उम्मेदवार खड्काले आफ्नो गृहगाउँमा दुई जना सहिदले बलिदान गरेपनि उनीहरुको सपना पुरा हुन नसकेकाले त्यसलाई साकार गर्न आफु लागि परेको बताउनुभयो । सहिदले रोजेको बाटो हिँड्ने क्रममा भुकम्पका बेला यार्सामा ९९ घर परिवार एकतावद्ध भएर नमुना वस्ती निर्माण भएको उहाँले बताउनुभयो ।

यार्सा गाउँमा आफुले विदेशी दाताहरुबाट सहयोग जुटाएपनि यार्साबासी एकजुट नभएको भए यो सम्भव नहुने भन्दै खड्काले सबै एकजुट भएकाले पुननिर्माण सम्भव भएको उल्लेख गर्नुभयो । यार्सामा माओवादी केन्द्र जनयुद्धदेखि एकतावद्ध भएर लागेकाले आज आफु बस्ने र त्यहाँका अरु घरपरिवार बस्ने घर एउटै, कोठा त्यहि, छानो, इट्टा र डिजाईन एउटै भएकाले कुनै ठुलोसानो, धनि गरिब नभई सबैकोस्तर समान देखिएको बताउनुभयो ।

दोलखाको वैतेश्वर गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार लक्ष्मण खड्काले सहिदको सपना पुरा गर्न आफु चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ ।उहाँले सहिदले हिडेँको बाटो हिड्न र सहिदले देखेको सपना पुरा गर्न स्थानीय तहको निर्वाचनमा होमिएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता खड्काले सहिदले रगत बलिदान गरेर बनाएको गन्तव्य पुरा गर्न आफु चुनावी प्रतिस्पर्धामा उत्र्रिएको भन्दै गठबन्धनलाई विजयी गराउन आह्वान गर्नुभयो । उहाँले गठबन्धनलाई जिताउनका लागि साथ दिन सबै बैतेश्वरवासिलाई अपिल गर्नुभयो ।

 अध्यक्षका उम्मेदवार खड्काले यार्र्सामा शतप्रतिशत माओवादी एकतावद्ध भएकै कारण सामुहिक लगानी, सामुहिक हिम्मतका साथ एउटै घर बनाउनुका साथै टोल टोलमा सडक, पक्कि पुल लगायतका पुर्वाधार पु¥याउन सफल भएको बताउनुभयो । माओवादी केन्द्र एकतावद्ध भएकाले सबै काम पुरा गर्न सकिएको एउटा उदाहरण यार्सामा देखाउने प्रयास गरेको उहाँको भनाई छ । अध्यक्षका उम्मेदवार खड्काले छाँयामा परेका गाउँवस्तिको विकास गर्ने बताउँदै बैतेश्वरबासीले यो पटकको स्थानीय तहको निर्वाचनमा आफुलाई मत दिएर बिजयी गराउने बिश्वास व्यक्त गर्नुभयो । उहाँले ५ वर्षमा देखिने गरी काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।गठबन्धन दलले आज वैतेश्वर गाउँपालिका वडा नम्बर ३ को यार्सा, चिलाउनेखर्क, मिर्गे हुँदै वडा नम्बर २ को सानिटार, माझगाउँ, पुतलीकाठ तथा वडा नम्बर ४ सिमचौरका मतदातासँग भेटघाट गरेको छ ।

सो क्रममा नेकपा एमाले परित्याग गरि स्थानीय ढाल बहादुर बस्नेत, नरबहादुर रिजाल, ढाल बहादुर खड्का, सुनिता बस्नेत लगायत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचन आउन १२ दिन मात्रै बाँकी रहँदा उनीहरुले घरदैलो अभियानलाई तिव्रता दिएका हुन् । चुनावि अभियानमा उम्मेदवार सँगसँगै नेकपा माओवादीकी केन्द्रिय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज देवि खड्का, प्रदेशसभा सांसद हिमाली गोले, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष भीमप्रसाद दहाल पनि सँगसँगै रहेका थिए ।

चुनावि अभियानका तस्विरः