images
images

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

  • १९ बैशाख २०८०, मंगलवार १७:३०

काठमाडौं । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् ।

सभामुख देवराज घिमिरेले कोइरीलाई आज निलम्बन गर्नुभएको हो । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई आज सभामुख घिमिरेले निलम्बनको निर्णय गरेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ । कोइरी गत मंसिर ४ गतेको चुनावमा महोत्तरी–१ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।