भक्तपुर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईले राजीनामा दिएका छन् ।
भट्टराईले आज आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए ।
बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्ने तयारी गरेको छ । सोही अनुसार तयार पारिएको अध्यादेश सरकारले राष्ट्रपति कार्यालय पठाएको थियो । सो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले आज जारी गरिसकेका छन् ।










