हेटौंडा । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ ।
बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि केही समयका लागि बैठक स्थगित गरिएको हो । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दिपक निरौलालाई आफ्नो भनाई राख्न समय उपलब्ध गराउनुभएको थियो । मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्य विकास केन्द्रका तीन जना कर्मचारीलाई वर्तमान सरकारले आफु अनुकुल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाउनुभएको थियो ।
उहाँले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षिय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउनुजेल संसद अवरोध कायमै राख्ने बताएपछि सभामुख श्रेष्ठले केहीबेरका लागि बैठक स्थगित गर्नुभएको हो ।










