images
images

संघीय सरकारबाट दोलखाका लागि ३ अर्ब ५२ करोड बढी रकम विनियोजन (कुन पालिकालाई कति ?)

जिरी (दोलखा) । संघीय सरकारले दोलखाका लागि ३ अर्ब ५२ करोड बढी बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि जिल्लाको २ नगरपालिका सहित ९ वटा स्थानीय तहलाई ३ अर्ब ५२ करोड ८६ लाख रुपैंया बजेट विनियोजन गरेको हो । सरकारले संसदमा प्रस्तुत गरेको बजेट अनुसार बागमती प्रदेशको १३ जिल्लाको १ सय १९ पालिकाका लागि २० अर्ब ३२ करोड रकम विनियोजन हुँदा दोलखा जिल्लाले ३ अर्ब ५२ करोड ८६ लाख बजेट पाउने भएको हो । जसअनुसार सबैभन्दा बढी भीमेश्वर नगरपालिकाले ५६ करोड २२ लाख बजेट पाउने भएको छ भने सबैभन्दा कम विगु गाउँपालिकाले ३३ करोड बजेट पाउनेछ ।

यसैगरी, कालिञ्चोक गाउँपालिकाले ४३ करोड ५७ लाख, गौरीशंकर गाउँपालिकाले ३७ करोड ६८ लाख, तामाकोशी गाउँपालिकाले ३६ करोड ९९ लाख, शैलुङले ३६ करोड ७२ लाख, मेलुङले ३६ करोड ३९ लाख, जिरी नगरपालिकाले ३६ करोड २२ लाख पाउने भएका छन् भने बैतेश्वर गाउँपालिकाका लागि ३५ करोड ९५ लाख बजेट विनियोजन भएको छ । सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाएको हो । अर्थ मन्त्रालयले चार वटा अनुदानका शीर्षकमा प्रदेश र पालिका सरकारलाई पठाउने बजेट टुङ्गो लगाएको हो । स्थानीय तहहरुलाई समानीकरण, विशेष, सर्शत र समपुरक अनुदान गरी चार वटा शिर्षकमा बजेट विनियोजन भएको हो । चालु वर्ष दोलखामा संघीय सरकारबाट ३ अर्ब ४१ करोड ८ लाख बजेट विनियोजन भएको थियो । आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट रामेछाप भन्दा दोलखा जिल्लाले बढी बजेट पाएको छ ।

रामेछापलाई २ अर्ब ६८ करोड

रामेछापको लागि संघीय सरकारले २ अर्ब ६८ करोड रुपैंया बराबरको बजेट विनियोजन गरेको छ । सरकारले जिल्लाको ८ वटा स्थानीय तहलाई २०७९/८० को लागि २ अर्ब ६८ करोड रुपैंया विनियोजन गरेको हो । सरकारले संसदमा प्रस्तुत गरेको बजेट अनुसार रामेछाप जिल्लामा २ अर्ब ६८ करोड बजेट पर्दा सबैभन्दा बढी मन्थली नगरपालिकाको भागमा ६८ करोड बजेट परेको छ भने सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाका लागि ३३ करोड ५४ लाख बजेट विनियोजन भएको छ ।

यसैगरी, लिखु तामाकोशी गाउँपालिकाका लागि ३५ करोड ८८ लाख, खाडादेवीका लागि ४४ करोड ५ हजार, गोकुलगंगा गाउँपालिकाका लागि ३६ करोड ५२ लाख, दोरम्बा शैलुङ गाउँपालिकाका लागि ३६ करोड ३७ लाख, सुनापातिको लागि ३३ करोड ६६ लाख र रामेछाप नगरपालिकाका लागि ४७ करोड ५२ लाख बजेट विनियोजन भएको छ ।

दोलखाका कुन स्थानीय तहमा कति बजेट ?

भीमेश्वर नगरपालिका ५६ करोड ३४ लाख

जिरी नगरपालिका ३६ करोड २२ लाख

कालिञ्चोक गाउँपालिका ४३ करोड ५७ लाख

गौरीशंकर गाउँपालिका ३७ करोड ६८ लाख

तामाकोशी गाउँपालिका ३६ करोड ९९ लाख

शैलुङ गाउँपालिका ३६ करोड ७२ लाख

मेलुङ गाउँपालिका ३६ करोड ३९ लाख

बैतेश्वर गाउँपालिका ३५ करोड ९५ लाख

विगु गाउँपालिका ३३ करोड

रामेछापमा कुन स्थानीय तहमा कति बजेट ?

लिखुतामाकोशी गाउँपालिका ३५ करेड ८८ लाख

उमाकुन्ड गाउँपालिका ३३ करोड ५४ लाख

खाडादेबी गाउँपालिका ४४ करोड ५० हजार

गोकुलगंगा गाउँपालिका ३६ करोड ५२ लाख

दोरम्बा गाउँपालिका ३६ करोड ३७ लाख

सुनापाति गाउँपालिका ३३ करोड ६६ लाख

मन्थली नगरपालिका ६८ करोड

रामेछाप नगरपालिका ४७ करोड ५२ लाख