images
images

कृषि विकास बैंकले माग्यो १७९ कर्मचारी, हेर्नुहोस् कुन–कुन पदमा दिन सकिन्छ दरखास्त ?

  • १९ जेष्ठ २०८०, शुक्रबार ०९:२४

काठमाडौं । कृषि विकास बैंकले एकै पटक १७९ कर्मचारी माग गरेको छ ।

बैंकले आज सूचना निकालेर स्थायी दरबन्दीका लागि कर्मचारी माग गरेको हो । बैंकले प्रशासनतर्फ लेखापाल सहायक ७२ जना, प्रशासनतर्फ व्यवसाय सहायक ३६ जना र प्राविधिकतर्फ ऋण सहायक ६ जना माग गरेको छ । यस्तै, बैंकले कर्जा अधिकृत ९, आईटी इन्जिनियर १, कानूनी अधिकृत २, व्यवस्थापक सूचना प्रणाली अधिकृत ३, व्यवसाय अधिकृत ३८ र आईटीतर्फ वरिष्ठ इन्जिनियर १ जना, वरिष्ठ लेखा अधिकृत (सीए) ६, शाखा अधिकृत ४ र वरिष्ठ शाखा प्रमुख एकजना माग गरेको छ ।

इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ । दरखास्त दिन यही जेठ १९ गतेदेखि असार ७ गतेसम्मको २१ दिनको म्याद तोकिएको छ ।