images
images

यात्रुवाहक सवारी असार १ गतेदेखि नयाँ बसपार्क बाहिरबाट सञ्चालन गर्न नपाइने

  • १९ जेष्ठ २०८०, शुक्रबार १०:५६

काठमाडौं । असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै यात्रुवाहक बस चलाउन पाइने भएको छ ।

काठमाण्डौ महानगरपालिकाले नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्रै यात्रुवाहक सवारी साधन चलाउन निर्देशन दिएको हो । महानगरले आज सार्वजनिक सूचना जारी गरी असार १ गतेदेखि महानगर क्षेत्रबाट काठमाण्डौ उपत्यका बाहिर चल्ने लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक गाडी नयाँ बसपार्कबाट मात्र छुट्ने गरी यसअघि भएको सहमतिको पालना गर्न भनेको हो । यस्तै, अनधिकृत ठाउँमा पार्किङ गर्ने, टिकट बुकिङका लागि काउन्टर राख्ने, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने काम नरोकिएको भन्दै महानगरले यस अघिको सहमति पालना गर्न पनि भनेको छ ।

महानगरले धुिलखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका गाडीलाई कलङ्कीदेखि जडीबुटीसम्म रोक्न पनि निषेध गरेको छ । महानगरपालिकाले सहमति र सार्वजनिक सूचनाको बेवास्ता गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ ।