images
images

सिटिइभीटीको स्कारपियो सुनकोसी नदिमा खस्यो, तीन जना वेपत्ता

  • १९ जेष्ठ २०८०, शुक्रबार १२:३०

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ स्थित मध्यपहाडी लोकमार्ग अन्र्तगत घुर्र्मी–खुर्कोट खण्डबाट सिटिइभीटीको स्कारपियो सुनकोसी नदिमा खसेको छ ।

सिटिइभीटी कार्यालय सानोठिमी भक्तपुरबाट खोटाङ जाँदै गरेको बिएवि ७४६७ नम्बरको स्कारपियो आज सुनकोसी नदिमा खसेको हो । स्कारपियोमा चार जना सवार थिए । त्यसमध्ये एक जनाको जीवितै उद्धार गरिएको छ भने तीन जनाको अवस्था अज्ञात रहेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक डिएसपी चिरञ्जिवी दहालले जानकारी दिनुभयो । दुर्घटनामा परी सिटिइभीटीका प्रशासन शाखा प्रमुख, सहसचिव तनहुँको भानु नगरपालिका ९ का ५७ वर्षिय कृष्ण बहादुर केसी, योजना शाखाका निर्देशक पूर्वीनवलपरासिको प्रगति नगरपालिका ७ का ५६ वर्षिय यम प्रसाद घुर्तेल र विद्युत प्रशिक्षक इलामको फयतवा नगरपालिका ५ का ३० वर्षिय भानु पौडेल बेपत्ता भएका हुन् ।

घटनास्थलमा प्रहरी टोली खटाइए पनि नदिमा खसेको स्कारपियो समेत भेटिएको छैन । स्कारपियोका चालक दाङको राप्ती गाउँपालिका ६ का कृष्ण चौधरी भने पौडीएर नदिबाट बाहिर निस्किएका छन् । स्कारपियो सडकबाट करिव एक सय ५० मिटर तल सुनकोसी नदिमा खसेको हो ।