images
images

काभ्रे उधोग वाणिज्य संघमा नयाँ नेतृत्व, अध्यक्षमा प्रताप बैध निर्वाचित

  • २० जेष्ठ २०८१, आईतवार १३:५१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सँघको अध्यक्षमा प्रताप बैद्य निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना अनुसार वैद्य निकटतम प्रतिद्धन्द्धी राजन मानन्धरलाई ३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । बैद्य ४८७ मतका साथ विजयी भएका हुन् भने मानन्धरले ४५७ मत प्राप्त गरेका छन् । सँघको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र वैदार विजयी भएका छन् भने उपाध्यक्षमा उमेश रत्न शाक्य र सुरेशभक्त भोछिभोया विजयी भएका छन । महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा मानकाजी प्रधान र मुख्य संयोजकमा विज्ञान धौगोडा निर्वाचित भएका छन् ।

यस्तै, सचिवमा कृष्णलाल श्रेष्ठ, सहसचिवमा रामकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा श्यामकुमार मुनाल र सह मुख्य संयोजकमा रवि तौज विजयी भएका छन् । संघको बनेपा संयोजक लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्यमा पुर्णिमा प्रधानांग र कमला अवाल, वस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एसोसियट सदस्यमा दुर्गालक्ष्मी रञ्जितकार यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।