काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । बैठकपछि सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले गलेर राजीनामा नदिने भन्दै संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय भएको बताउनुभयो । मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने पनि माओवादीको निष्कर्ष छ ।
कांग्रेस र एमाले मिलेर २०४७ को व्यवस्थातिर जान खोजेको आरोप लगाउँदै पौडेलले सो विषयमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको पनि बताउनुभयो । विश्वासको मत लिन प्रधानमन्त्री प्रचण्डलाई ३० दिनको समय छ ।











