काठमाडौँ । रातारात नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण भएपछि दिउँसो प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउबा सँगै देखिएका छन् ।
गयराती नयाँ सत्ता समीकरणका लागि कांग्रेश र एमालेबीच सहमति भएपछि आज दिउँसो दुई नेताको भेट भएको हो । कांग्रेसले पार्र्टीका पूर्बसभापति गिरिजाप्रसाद कोईरालाको शताब्दी जयन्तीको अवसरमा आयोजित फोटो प्रदर्शनीमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सँगै देखिएका हुन् ।कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले स्वागत गरेपछि दुई नेताले प्रदर्शनीको अवलोकन गरेका थिए ।










