images
images

मनसुन भित्रिएपछि विपदमा परि बागमती प्रदेशका २९ जनाको मृत्यु, ४२ घाइते

  • १८ श्रावण २०८१, शुक्रबार ०९:५६

काठमाडौं । मनसुन भित्रैसँगै बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोलगायतका विपदा परी एक सय ४८ जनाको मृत्यु हुँदा बागमती प्रदेशका मात्रै २९ जना रहेका छन् । प्रहरीका अनुसार बाढीपहिरोलगायतका विपदा परी कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको छ । यस्तै यो अवधिमा विपद्मा परि बागमती प्रदेशमा १० जना घाइते हुनुको साथै ४२ जना बेपत्ता भएका छन् ।

प्रहरी कार्यालय अनुसार कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी बागमती प्रदेश सहितका जम्मा एक सय ७६ जना घाइते भएका छन् ।

साथै कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना वेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भईरहेको छ ।