काठमाडौँ । कक्षा १२ को नतिजामा दुई विषयमा नन्ग्रेड हुने विद्यार्थीले मात्रै पुरक परीक्षा दिन पाउने भएका छन् ।
सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरि बढीमा दुई विषयमा एनजी प्राप्त गर्ने परीक्षार्थीले मात्रै मौका परीक्षा दिन पाउने भएका हुन् । यद्धपी एनजी नतिजा ल्याउनेमध्य एक विषय वा दुई विषयमा एनजी आउने विद्यार्थीको संख्या भने बोर्डले खुलाएको छैन ।
कक्षा १२ को आज सार्वजनिक नतिजा अनुसार १ लाख ८७ हजार विद्यार्थीको नतिजा ननग्रेड आएको छ ।