रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदले पुर्णता पाएको छ ।
आज कांग्रेसबाट दुई र नागरिक उन्मुक्ती पार्टी (नाउपा) बाट एक राज्यमन्त्री थपिएसँगै ओली नेतृत्वको मन्त्रीपरिषदले पुर्णता पाएको हो । सरकारले आज मन्त्रीपरिषद विस्तार गर्दै कांग्रेसबाट रामेछापका सांसद पुर्णबहादुर तामाङ (कान्छाराम) र कपिलवस्तुकी सांसद रुपा विक तथा नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरीलाई राज्यमन्त्री नियुक्त गरेको छ ।
तीनै जनालाई आज राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कान्छारामलाई उर्जा जलस्रोत तथा सिञ्चाई राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ भने विकलाई वन तथा वातावरण र चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाईएको छ ।
कान्छाराम रामेछापको गोकुलगंगा गाउँपालिकास्थित चुचुरेका स्थायी बासिन्दा हुन् । प्रतिनिधिसभाको एकमात्र सिट रहेको रामेछापमा कान्छाराम कांग्रेस र माओवादीको गठबन्धनबाट सांसद निर्वाचित भएका थिए । विक कपिलवस्तुको समानुपातिक सांसद हुन् ।