images
images

गौरीशंकर गाउँपालिकामा ढुंगाले लागेर एक युवकको मृत्यु

  • १७ भाद्र २०७९, शुक्रबार ०७:०९

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ढुंगाले लागेर सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर ५ का २२ वर्षिय पेम्बा छिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्लाको गौरीशंकर गाउँपालिका ५ खानी गाउँबाट निर्माणाधिन सासा हाइड्रोपावरमा जाने क्रममा माथिबाट खसेको ढुंगाले लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

ढुंगाले लागेर सोलुखुम्बुकै खुम्बु पासाङ लामु गाउँपालिका वडा नम्बर १ का २० वर्षिया फुर्वा ग्याल्जेन शेर्पा घाइते भएका छन् । उनको सिंगटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।