images
images

डेंगी संक्रमण प्रकोपको रुपमा फैलिदै, बागमती प्रदेशका २ हजार १ सय ८ जनामा पुष्टि

  • १७ भाद्र २०७९, शुक्रबार ०९:४२

जिरी (दोलखा) । बागमती प्रदेशमा २ हजार भन्दा बढी मानिसलाई डेंगी संक्रमण भएको छ ।

दोलखाका ३ सहित बागमती प्रदेशको विभिन्न जिल्लामा २ हजार १ सय ८ जनालाई डेंगी पुष्टि भएको हो । देशभरका ७२ जिल्लामा डेंगी फैलिँदा सबैभन्दा बढी बागमती प्रदेशमा पुष्टि भएको हो । वाग्मती प्रदेशको ललितपुर जिल्लामा सबै धेरै संक्रमण फैलिएको छ । हालसम्म ललितपुरका एक हजार एक सय ८० जनामा संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार बागमती प्रदेशको ललितपुर, काठमाण्डौं, भक्तपुर, धादिङ र सिन्धुलीमा बढी जोखिम छ । हालसम्म काठमाण्डौमा ५ सय ६५, भक्तपुरमा ८९, धादिङमा ७८ र सिन्धुलीमा ६३ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।

बेलैमा सचेत नभएमा आगामी दुई महिनामा जोखिम झन् बढ्न सक्ने उहाँको भनाई छ । यो वर्ष नेपालमा डेंगी संक्रमण प्रकोपकै रुपमा फैलिएको छ । नेपालमा सन् २०१९ पछि यो वर्ष डेंगी प्रकोपका रुपमा देखिएको हो । डेंगीबाट जोगिन लामखुट्टेको टेकाइबाट बच्न चिकित्सकहरुले आग्रह गरेका छन् ।