images
images

कन्टेनर डिब्बा दुर्घटनामा परी गौरीशंकरका एक युवकको मृत्यु

  • १७ भाद्र २०७९, शुक्रबार १०:४०

दोलखा । रसुवामा कन्टेनर डिब्बा दुर्घटनामा परी दोलखाको गौरीशंकरका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५ का २३ वर्षिय विश्वनाथ भुजेलको कन्टेनर डिब्बा दुर्घटना परी मृत्यु भएको हो । रसुवाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ३ ख १९१ नम्बरको कन्टेनर दुर्घटनामा परी भुजेल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको नुवाकोटको त्रिशुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि त्रिवी शिक्ष अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

गत साउन २५ गते बनुवा खण्डको पासाङल्हामु मार्गमा पहिरो गई रसुवा–काठमाडौँको सिधा सम्पर्क विच्छेद भएपश्चात् वैकल्पिक मार्गका रूपमा खोलिएको धारापानी आम भञ्ज्याङ खण्डको ग्रामीण सडकअन्तर्गत बेलचौर क्षेत्रमा उक्त घटना भएको हो ।