images
images

चलचित्र झिँगे दाउ र सम्हालिन्छ कहिले मन प्रदर्शनमा

  • १७ भाद्र २०७९, शुक्रबार १५:५६

आजदेखि दुई वटा नेपाली फिल्म झिँगे दाउ र सम्हालिन्छ कहिले मन प्रदर्शनमा आएका छन्।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सामाजिक कथामा आधारित ड्रामा कमेडी झिँगे दाउ र सुदर्शन थापाको निर्देशनमा बनेको रोमान्टिक फिल्म सम्हालिन्छ कहिले मन एकसाथ प्रदर्शनमा आएका हुन्। भिमनिधि तिवारीको कथामा आधारित ‘झिँगे दाउ‘मा हिउवाला गौतम, मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा र कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। त्यस्तै महेश दवाडीको लेखन रहेको फिल्म सम्हालिन्छ कहिले मनमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको छ।

दुवै फिल्मले मल्टिप्लेक्समा २० देखि २५ प्रतिशतसम्म शो पाएका छन्। पहिलो दिन झिँगे दाउमा दर्शकको चाप पनि औषतभन्दा माथी रहेको छ। ‘सम्हालिन्छ कहिले मन‘का केही शो हाउसफुल भएका छन् भने बाँकी शोमा पनि दर्शकको उपस्थिति उल्लेखनिय नै छ।

दुई फिल्मले प्रदर्शन थालेपछि गत हप्तादेखि प्रदर्शनमा आएको नेपाली फिल्म प्रकाश र हिन्दी फिल्म लाइगरको शोमा पनि सामान्य प्रभाव परेको छ। त्यस्तै दर्शकको चापमा पनि कमी आएको छ। केही हलमा न्युनतम शोका साथ कार्तिकेय २ प्रदर्शनरत छ भने बाँकीमा झिँगे दाउ, सम्हालिन्छ कहिले मन, प्रकाश र लाइगर गरी चार फिल्म प्रदर्शनरत छन्। गत हप्ता नै प्रदर्शनमा आएको राधाले भने शोमा विभेद भएको भन्दै प्रदर्शन रोकेको छ।