images
images

कक्षा १२ को नतिजा सार्वजनिक

  • १७ भाद्र २०७९, शुक्रबार १७:४७

काठमाडौँ । कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज प्रकाशित भएको हो । सार्वजनिक नतिजाअनुसार ४ हजार १ सय ७९ जनाले ३ दशमलव ६ देखि ४ जिपिए ल्याएका छन । यस्तै, ३० हजार १ सय ७ जनाले ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए ल्याएका छन । ६ लाख ५२ हजार ८ सय ८४ जनाले २ दशमलव ८ देखि ३ दशमलव २० जिपिए ल्याएका छन् । ६४ हजार ९३ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जिपिए ल्याएका छन भने १० हजार ९ सय जनाले २ दशमलव १ देखि २ दशमलव ४ जिपिए ल्याएका छन् । १ दशमलव ६ २ जिपिए ल्याउने ३५ जना छन् ।

बोर्डका अनुसार यो वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ । बोर्डले यो पटक नन ग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेको हो । प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक नल्याएका विधार्थि फेल भएका छन् । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । २ विषय लागेकाले असोज ३० र ३१ गते ग्रेड बृद्विका लागि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । ग्रेड बृद्विका लागि १ लाख ३० हजार ८ सय ७८ जनाले आवेदन दिन  पाउने छन् । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

बोर्डको वेबवाइट https://www.neb.gov.np मा गएर नतिजा हेर्न सकिने छ । यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।