काठमाडौं । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ ।
जिल्लाको बेलका नगरपालिका वडा नम्बर ७ का राजकुमार बस्नेत सहित उनकी श्रीमती र छोराको हत्या भएको हो । टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । सबैलाई खुकुरी हानिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।










