images
images

दोलखा कांग्रेसमा सांसदका आकांक्षी धेरै, तीन दर्जन बढीको नाम सिफारिस

  • १७ भाद्र २०७९, शुक्रबार १८:२३

जिरी (दोलखा) । नेपाली कांग्रेस दोलखाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

कांग्रेसले संघतर्फ ११ जना र प्रदेशतर्फ २७ जनाको नाम प्रदेश र केन्द्रमा सिफारिस गरी पठाएको हो । नेपाली कांग्रेस दोलखाको कार्य सम्पादन समिति, प्रदेशसभा ‘क’ कार्य समिति, प्रदेशसभा ‘ख’ कार्य समिति र महाधिवेशन प्रतिनिधिहरुको आज बसेको संयुक्त बैठकले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरुलाई सिफारिस गरेको हो । जसअनुसार प्रतिनिधिसभा तर्फ केन्द्रीय सदस्य जिपछिरिङ लामा, कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, जिल्ला सभापति बर्मा लामा, पुर्व जिल्ला सभापति तारा बहादुर कोईराला, रुद्रबहादुर खड्का र उद्धवराज काफ्ले रहेका छन् । यस्तै, महिला प्रत्यक्षतर्फ लक्ष्मीकुमारी तामाङ र समानुपातिक तर्फ सुमित्रा न्यौपानेको नाम सिफारिस गरिएको छ । साथै, प्रतिनिधिसभा समानुपातिक पुरुषतर्फ प्रभुराम श्रेष्ठ र पुष्कर कुमार खड्काको नाम सिफारिस भएको छ ।

प्रदेशसभा (क) को प्रत्यक्षतर्फ भवेन्द्र कार्की, ताराकुमार खड्का, भुवन केसी र महिलाबाट विनिता अधिकारीको नाम सिफारिस गरिएको छ । प्रदेश ‘क’ को समानुपातिक पुरुषतर्फ शुक्रराज तामाङ, सुदर्शन कार्की, सोनाम शेर्पा, केदार राज सुनुवार, हस्तलाल लामा योञ्जन र समानुपातिक महिलातर्फ रोचना उप्रेती, तारा थपलिया, लिलादेवी जिरेल र सुमिका पाख्रिन सिफारिस भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र ‘ख’को प्रत्यक्षतर्फ केशवराज चौलागाई, राकेश श्रेष्ठ, सन्तोष पाण्डे, युधिष्ठिर खड्का र कुलराज थापाको नाम सिफरिस भएको छ । यस्तै, समानुपातिक पुरुषतर्फ चित्र बहादुर कार्की, दावा शेर्पा, सिताराम ठकुरी, रामकुमार नेपाली र कविराज थामी तथा समानुपातिक महिलातर्फ अनिता श्रेष्ठ, सुनिता नेपाली, मोति माया मोक्तान र प्रत्यक्ष महिलातर्फ छिरिङ डोल्मा शेर्पाको नाम सिफारिस गरिएको छ । दोलखामा अन्य पार्टीहरुले भने आगामी निर्वाचनका लागि नाम सिफारिस गर्न बाँकी छ ।