काठमाडौँ । आज भाद्र कृष्ण औँसी, बुबाको मुख हेर्ने दिन पिताको विशेष सम्मान गरि मनाइँदैछ ।
जन्म दिने बुबा वा धर्मपुत्र बनाएका सन्तानले बुबाको मुख हेरी यो पर्व मनाउने गर्दछन् । आजको दिन स्वास्थ्य अनुकुलको मिठाई, फलाहार, वस्त्र, तथा गक्ष अनुसारको उपहार प्रदान गरेर बुबाको मुख हेर्ने गरिन्छ । भाद्र कृष्ण औँसीलाई कुशे औँसी पनि भनिने भएकाले आजको दिन घरघरमा कुश भित्र्याएर कुशको आर्चन गर्ने गरिन्छ ।
कुश, तुलसी र शालिग्रामलाई भगवान विष्णुको प्रतिक मानिने भएकाले भगवान इन्द्रले स्वर्गबाट कुश, तुलसी, र शालिग्राम पठाएको भन्ने धार्मिक विश्वास रहिआएको छ । आजको दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।