images
images

तारा एयरले असोज ४ बाट रामेछाप–लुक्ला नियमित उडान गर्ने

  • १७ भाद्र २०८१, सोमबार १६:०२

काठमाडौँ । तारा एयरले आगामी असोज ४ गतेबाट रामेछाप–लुक्ला नियमित उडान गर्ने भएको छ ।

तारा एयरले तालिका सार्वजनिक गर्दै आगमी असोज ४ अर्थात सेप्टेम्बर २० देखि रामेछाप–लुक्ला–रामेछापका लागि नियमित उडान गर्ने जनाएको हो । पर्यटक सिजनलाई लक्षित गर्दै तारा एयरले २ वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाईट गर्ने तालिका राखेको छ ।

तारा एयरका दुई वटै विमानले डिसेम्बर १५ सम्म रामेछाप विमानस्थलमा नियमित उडान गर्ने तालिका रहेको छ ।