images
images

बडा दशैँः आज घर घरमा फुलपाति भित्र्याइँदै

  • १६ आश्विन २०७९, आईतवार ०६:०६

काठमाडौं । वडा दसैँको आज सातौँ दिन अर्थात महासप्तमी घर घरमा फुलपाति भित्र्याइँदैछ ।
आश्विन शुक्ल सतमिको दिनमा मनाईने पर्व शास्त्रिय विधि अनुसार शुभ साइत प्रतिक फुलपाति भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपुर्वक दुर्गालाई आवह्वान गरी पुजाआजा गरीएको दसैँघर अथवा पुजा कोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केरा, धान, दारिम, अशोक, बेल, कचु, जयन्ती नौ प्रकारका वनस्पति भित्र्याइने गरीएको छ । फुलपाति भित्र्याउन साइतको आवश्यकता नपर्ने बताइएको छ । आज गोरखा दरवारको दसैँ घरबाट ल्याइएको फुलपाति राजधानीको जमलस्थित टुँडिखेलमा बढाँइका साथ हनुमानढोकामा भित्र्याउने गरीन्छ ।
जमलबाट हनुमानढोकासम्म निजामति सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, व्याण्डबाजा, पञ्चेवाजा र सांस्कृति नाचगान सहितको लावालस्करका साथमा फुलपाती भित्र्याउने गरिन्छ । राजतन्त्र रहुन्जेलसम्म हनुमानढोका दरबारको दशैंघरमा फ्लपाती भित्र्याउने क्रममा राज्यप्रमखुको नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थिति हुने गरेको हनुमानढोका दरबार संग्राहलय विकास समितिले जनाएको छ । यो वर्षको फुलपाती आज अपरान्ह चार बजे भित्र्याउने कार्यक्रम तय भएको छ । आस्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपुर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरुको महान चाड दशैं अर्थात् दुर्गापुजाको सामाजिक चहलपहल भने आजकै दिनदेखि बढ्ने गर्दछ । नेपालका ग्रामीण भेगमा आजकै दिनदेखि दोबाटो, चौतारो र चौबाटोहरुमा हालिने लिङगे पिङ, जाँते पिङ र रोटे पिङले दशैंको रौनकतालाई अझ बढाउने गर्दछ ।