images
images

बुधबारदेखि फेरि पानी पर्ने,कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • १६ आश्विन २०८१, बुधबार ०६:२१

काठमाडौँ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज र भोली पानी पर्ने मौसमविद्हरुले बताएका छन् ।

मौसमविद्हरुले आजदेखि फेरी पानी पार्ने प्रणाली सक्रिय हुने भएकाले दुई दिन सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसम पूर्बानुमान महाशाखाले मंगलवार पूर्बी नेपालबाट प्रवेश गरेको मौसमी प्रणालीले भोलीसम्म मध्य र पूर्बी नेपालमा वर्षा गराउने आकलन गरेको छ । भारतको उत्तर पूर्ब आसाम र आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणाली उत्तर पश्चिम –नेपालतिर सरिरहेकाले वर्षाको आँकलन गरिएको हो । भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली बिस्तारै उत्तर पश्चिमतिर सर्ने क्रममा रहेकाले आज दिउँसोदेखि भोली रातीसम्मका लागि सो प्रणालीको प्रभाव रहने छ ।

महाशाखाका अनुसार भोली दिउँसो कोशीदेखि गण्डकीसम्म बादल लाग्ने देखिन्छ भने पश्चिमी क्षेत्रमा धेरैजसो स्थानमा मौसम सफा रहनेछ । कोशी र बागमतीका ३० देखि ५० प्रतिशत भूभागमा भने वर्षाको सम्भावना रहेको र गण्डकीका थोरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । आज भन्दा भोली धेरै स्थानमा पानी पर्ने मौसमविद्हरुको भनाई छ ।