images
images

इरानद्वारा मिसाइल आक्रमण सुरू, इजरायलभर बज्यो सुरक्षा साइरन

  • १६ आश्विन २०८१, बुधबार ०६:५६

इजरायलले आफ्ना नागरिकलाई सुरक्षित स्थलमा रहन अनुरोध गरेको छ ।

इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेपछि इजरायलले आफ्ना नागरिकलाई सुरक्षित स्थलमा रहन अनुरोध गरेको हो । इरानद्धारा ब्यालिस्टिक मिसाइल आक्रमणको सूचना पाएपछि इजरायलले सुरक्षित स्थलमा रहन भनेको छ । आफ्ना नागरिकलाई सुरक्षित स्थानमा रहन देशैभरि चेतावनी घन्टी (साइरन) बजाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । हालसम्म कुनै मानवीय क्षति नभएको र आफ्ना नागरिकलाई सुरक्षित राख्न सक्षम रहेको सुरक्षा अधिकारीहरुले बताएका छन् । इरानको रिभोलुसनरी गाडर््सले इजरायलमा मिसाइल आक्रमण हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र यस वर्षको सुरुमा हमास नेता इस्माइल हनियाहको हत्याको प्रतिक्रियामा भएको बताएको छ ।

यसैबीच इजरायली सेनाले लेबनानमा आक्रमण गरेको छ जसलाई इजरायली सेनाले हिजबुल्लाहविरुद्ध सीमित,स्थानीय र लक्षित भूमी अपरेसन भनेको छ ।