काठमाडौँ । काभ्रेपलाञ्चोकमा मृत फेला परेका काठमाडौँका एक पुरुषको ‘हनीट्रयाप’ मा पारेर ५ लाख फिरौती लिई हत्या भएको खुलेको छ ।
काभ्रेपलाञ्चोक प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरि सार्वजनिक गर्दै घटनाको जानकारी गराएको हो । घटनामा संलग्न भएको आरोपमा काभ्रे प्रहरीले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमी बस्ने २१ वर्षीया मनिषा महत, काठमाडौँका सरिन घिमिरे, महोत्तरी घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा मनिषा महतको समुहले खड्गीलाई हनीट्रयापमा पारेर अपहरण गरि ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको पाईएको काभ्रेपलाञ्चोककी प्रहरी प्रमुख, एसपी बसुन्धरा खड्काले जानकारी दिनुभयो । एसपी खड्काका अनुसार फिरौती पाएपछि हत्या गर्ने योजना बनाएका मनिषाको समुहले खड्गीलाई उनकै गाडीमा राखेर गाडीभित्रै ढुंगाले छातीमा हानेर हत्या गरेको देखिएको छ । उनीहरुले खड्गीको हत्या गरि साँगा, धुलिखेल हुँदै पाँचखालको ४९ किलोमा पु¥याएर अरनीको लोकमार्गभन्दा तल झाडीमा शव फालेर भक्तपुर फर्किएको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौँ कीर्तिपुरका ५० वर्षीय विनोद खड्गीको असोज ६ गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ४९ किलोमा शव फेला परेको थियो ।