images
images

पहिरोले क्षति गरेको पनौतीमा प्रचण्ड, विपद् व्यवस्थापनमा सरकारले ध्यान नदिएको आरोप

  • १६ आश्विन २०८१, बुधबार १८:२६

काभ्रेपलाञ्चोक । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपद व्यवस्थापनमा ध्यान नदिँदा ठुलो जनधनको क्षति भएको बताउनुभएको छ ।

बाढीप्रहिरोबाट ठुलो जनधनको क्षति गरेको काभ्रेपलाञ्चोकमा स्थलगत निरिक्षणका लागि आउनुभएका अध्यक्ष प्रचण्डले सरकारले ध्यान नदिएको आरोप लगाउनुभएको हो । बाढी पहिरो जानसक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभावकारी काम गर्न नसकेको उहाँको भनाई छ । आँफुले समेत पूर्वतयारीको विषयमा सरकारको ध्यानाकर्षण गराएको भन्दै अध्यक्ष प्रचण्डले सरकारले ध्यान नदिएकै कारण ठुलो जनधनको क्षति भएको बताउनुभयो ।

यद्धपी राष्ट्रिय सँकटको अहिलेको अवस्थामा सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर सामना गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले अत्याधिक वर्षा र बाढीका कारण सबैभन्दा बढि काभ्रेमा क्षति भएको भन्दै तत्काल पीडितहरुको उद्धार र राहतका लागि पहल थाल्न सरकारलाई आग्रह गर्नुभएको छ । वेपत्ताको खोजी कार्य अझै बाँकी रहेको भन्दै उहाँले खोज, उद्धार र राहत तथा पुर्नस्थापनाका लागि तत्कालिन र दीर्घकालिन योजना बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले चाडपर्व आईसकेकाले सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको छ ।

अधयक्ष प्रचण्डले प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ को स्थलगत निरिक्षण गर्नुभएको छ ।