दोलखा । बाम–लोकतान्त्रिक गठबन्धनवाट दोलखा प्रदेशसभा २ का उम्मेदवार नेता बर्मा लामाले आफु सिंगो दोलखाको नेता भएकाले वारी र पारीको नारा लगाउनुको कुनै तुक नभएको बताउनुभएको छ ।
नेता लामाले आफु दोलखावासी भएको र सिंगो दोलखा कांग्रेसको नेतृत्व गरिरहेका कारण वारी र पारीको नारा लगाउनु गलत भएको बताउनुभयो । हाम्रो रेडियोको बहसमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै कांग्रेस दोलखाका सभापति समेत रहेका नेता लामाले आफ्नो सिंगो राजनीतिक कार्य क्षेत्र दोलखा जिल्ला रहेको र सवै दोलखाली जनताप्रति जवाफदेही भएर राजनीति गरेको बताउनुभयो । चुनाव प्रचारका क्रममा एमालेका उम्मेदवारहरुले बर्मा लामा प्रदेशसभा १ को बासिन्दा भएर प्रदेशसभा २ मा आएर उम्मेदवार बनेको आरोप लगाईरहेका बेला नेता लामाको यस्तो भनाई आएको हो ।
२ वर्षदेखि राजनीतिमा क्रियाशिल रहेको र ३५ वर्षदेखि दोलखा सदरमुकाम चरिकोटमा कार्यक्षेत्र बनाएर काम गरेको भन्दै गठबन्धनका साझा उम्मेदवार लामाले विपक्षले केही नपाएर गलत हल्ला फैलाउने काम मात्रै गरेको र त्यसलाई जनताले विश्वास नगर्ने बताउनुभयो । नेता लामाले आफु दोलखावासी भएको र सिंगो दोलखा कांग्रेसको नेतृत्व गरिरहेका कारण वारी र पारीको नारा लगाउनु गलत भएको बताउनुभयो ।
४२ वर्षदेखि राजनीतिमा क्रियाशिल रहेको र ३५ वर्षदेखि दोलखा सदरमुकाम चरिकोटमा कार्यक्षेत्र बनाएर काम गरेको भन्दै गठबन्धनका साझा उम्मेदवार लामाले विपक्षले केही नपाएर गलत हल्ला फैलाउने काम मात्रै गरेको र त्यसलाई जनताले विश्वास नगर्ने बताउनुभयो । काठमाडौंको बालकोटमा बसेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा गएर निर्वाचन लडेको भन्दै उहाँले सिंगो नेपाल घर भएकाले आफुहरुले जनताको सेवा गर्न जहाँबाट पनि प्रतिनिधित्व गर्न सक्ने धारणा राख्नुभयोे ।
अर्को प्रसंगमा नेता लामाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । उहाँले नेपाली कांग्रेश, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी परिवर्तनको पक्षमा एकठाउँमा उभिएकाले गठबन्धनले सबै सिटमा जित हाशिल गर्ने दाबी गर्नुभयो । जनताले परिवर्तन चाहेकाले आम निर्वाचनमा आफुहरुको जित निश्चित रहेको उहाँको भनाई छ । परिवर्तन, विकास र वेरोजगारहरुलाई रोजगार सिर्जना गर्न, व्यवसायलाई व्यवस्थित गर्न आफुले प्रदेशसभा २ बाट उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
चुनावी अभियानको क्रममा गाउँ गाउँमा पुग्दा दोलखाली जनताको आशा र भरोषा गठबन्धनका दलहरु पक्षमा देखिएको भन्दै नेता लामाले दोलखाली जनताको आशा र भरोषालाई मर्न नदिने विस्वास दिलाउनुभयो । दोलखामा एमालेले पटक–पटक अवसर पाउँदा पनि विकास र जनहितका काम गर्न नसकेको उहाँको आरोप छ ।










