images
images

जनयुद्धका नेता उम्मेदवार बनेर गाउँ पुग्दा सहिदकी आमाको थामिएन आँशु (भिडियो सहित)

जिरी (दोलखा) । दोलखामा यतिखेर फेसबुक तथा सामाजिक सञ्जाल युट्युव लगायतमा एउटा भिडियो भाइरल भईरहेको छ ।

जनयुद्धमा सहिद भएका थामी समुदायका एक सहिदकी आमाले दोलखा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादी नेता गंगा कार्कीसँग अङ्कमाल गर्दै रोएको भिडियो भाइरल भएको हो । सो भिडियोमा जनयुद्धका नेता गंगा कार्की उम्मेदवार बनेर गाउँ पुगेपछि सहिदकी आमा आफ्नो छोरालाई सम्झिएर भावूक हुँदै रोएकि छिन् भने उम्मेदवार कार्कीले पनि आँशु झार्दै सहिदकी आमालाई अङ्कमाल गरेका छन् । सहिदकी आमाले गंगालाई अङ्कमाल गरेर रुँदै भनेकि छिन्, ‘मेरो छोराको साथि त आयो । उसलाई पनि सँगै लिएर आउनु नि बाबु ।’

जनयुद्धमा सहिद भएका विगु गाउँपालिका ६ आलम्पुका मान बहादुर थामी (गम्भिर) की आमा सेतीमाया थामी आलम्पुमा गठबन्धनले आयोजना गरेको चुनावी सभामा यसरी भावव्हिल भएकी हुन् । करिव ८० बर्षकी सेतीमायाले २०५८ साल मंसिर १० मा जनयुद्धका बेला आफ्ना छोरा मान बहादुरलाई गुमाएकी थिइन् । मानवहादुरको सोलुखुम्वुको सदरमुकाम सल्लेरीमा भएको भिडन्तमा मृत्यु भएको थियो । दोलखामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर बनेको संयुक्त गठबन्धन यतिखेर घरदैलो तथा कोणसभा अभियानमा छन् । सो क्रममा गठबन्धन दलका नेता, कार्यकर्ता र उम्मेदवार हाल विगु गाउँपालिकामा चुनावी प्रचार, भेटघाट तथा कोणसभामा व्यस्त छन् ।

घरदैलो अभियानका क्रममा हिजो गठबन्धन दल विगु गाउँपालिका ६ आलम्पुमा पुगेका थिए । आलम्पुमा गठबन्धनका उम्मेदवारलाई स्थानीयले झाँकि सहित स्थानीयले भव्य स्वागत गरे । गठबन्धन दलका नेता र उम्मेदवारहरु स्थाीयसँग नाचगान गर्दै खुसी साटा–साट गर्दै चुनावी अभियान र आफ्ना एजेण्डा बारे भलाकुसारी गरे । जनयुद्धका नेता गंगा कार्की शान्ति प्रक्रियापछिको १५ वर्षपछि उम्मेदवार बनेर गाउँ पुगेपछि सहिद गम्भिरकी आमा सेतीमाया र बुबा ८५ वर्षीय सन्तविर थामी पनि सँग–सँगै नाच्दै रमाए । तर, सेतिमायाले खुसी भित्र लुकेको पिडालाई लुकाउन सकिनन् । त्यतिकैमा सेतिमाया आफ्ना सहिद भएका छोरालाई सम्झेर भक्कानिन पुगिन् । उनले गंगाको मुहारमा आफ्ना सहिद भएका छोरालाई देखिन् र अङ्ककमाल गरेर रुन थालिन् ।

जनयुद्धका नेता गंगा कार्की शान्ति प्रक्रियापछिको १५ वर्षपछि उम्मेदवार बनेर गाउँ पुगेपछि सहिद गम्भिरकी आमा सेतीमाया र बुबा ८५ वर्षीय सन्तविर थामी पनि सँग–सँगै नाच्दै रमाए । तर, सेतिमायाले खुसी भित्र लुकेको पिडालाई लुकाउन सकिनन् । त्यतिकैमा सेतिमाया आफ्ना सहिद भएका छोरालाई सम्झेर भक्कानिन पुगिन् । उनले गंगाको मुहारमा आफ्ना सहिद भएका छोरालाई देखिन् र अङ्ककमाल गरेर रुन थालिन् ।

त्यसपछि उम्मेदवार कार्कीको अङ्गालोमा लुट्पुटिँदै उनले भन्न थालिन ‘मेरो छोरा खै, मेरो छोरो खोई ?’ कार्कीसँग कुनै जवाफ थिएन, त्यसपछि उनी पनि निशब्द भएर सहिद आमासँगै रुन थाले । केहीबेर रुँदै आफ्नो छोरा खोजेकी सहिदकी आमाले आफ्नो छोराको आभास गंगाबाट पाएपछि रुदै मन बुझाउँदै भनिन् ‘बाबु बाटो नबिराउनु है ।’ सहिद परिवारको रुवावासी र चिन्ता देखेर गंगा मात्रै नभएर माओवादीका अन्य नेता र गठबन्धनका प्रदेशसभा २ का उम्मेदवार कांग्रेस दोलखाका सभापति बर्मा लामाले पनि केही बोल्न सकेनन् । सबै जना भावुक हुन पुगे । कार्यक्रम सकेर हिड्ने क्रममा सहिदका बुबा सन्तवीर र आमा सेतीमायाले बिजयी भएर फेरी गाउँ आउनु भन्दै प्रतिनिधिसभाका उम्मेदवार कार्की र प्रदेशसभाका उम्मेदवार लामालाई आर्शिवाद पनि दिए ।

२०४२ सालदेखि राजनीतिमा सक्रिय रहेका गंगा कार्की सहित माओवादीका ५ जना नेताहरु जनयुद्ध सुरु हुनु अघिनै भूमिगत भएका थिए । त्यसपछि जनयुद्धमा दोलखाका धेरै युवायुवती भूमिगत हुने लाम लागेको थियो । जनयुद्धमा दोलखाका १ सय १ जनाको बलिदानी भएको थियो । ती मध्ये मानवहादुर सहित ३१ जना थामी समुदायवाट सहिद भएका थिए । विद्यार्थी राजनीतिबाट जनमुक्ति सेनामा गएका उनी सोलुखुम्बुको सल्लेरीमा भएको भिडन्तमा सहिद भएका थिए । सल्लेरी घटनामै विगु गाउँपालिकाका बासु थामी र कुमार थामी पनि सहिद भएका थिए ।

तस्वीर/भिडियो सौजन्यः सुरज बस्नेत (अविरल)