images
images

१० दिन बिधुत उत्पादन बन्द हुदा माथिल्लो तामाकोशीलाई २६ करोड घाटा हुने

दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना १० दिन पुर्ण रुपमा बन्द हुँदा आयोजनालाई करिव २६ करोड घाटा हुने भएको छ ।

कात्तिक ८ गतेदेखि पुर्ण रुपमा विद्युत उत्पादन बन्द भएको आयोजना कात्तिक १८ गते रातिबाट मात्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । प्राविधिक निरिक्षणका लागि १० दिन आयोजना बन्द हुँदा आयोजनालाई करिव २६ करोड घाटा हुने देखिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ । दैनिक करिव २ करोड ५० लाखका दरले १० दिनमा २६ करोड बढी आयोजनालाई घाटा हुने भएको हो । आयोजनाले कात्तिक महिनामा ७७ करोडको विद्युत बिक्रि गर्ने लक्ष्य राखेकोमा प्राविधिक निरिक्षणका लागि आयोजना १० दिन पूर्ण रुपमा बन्द गर्दा लक्ष्य पुरा हुन नसक्ने देखिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका लेखा प्रमुख सुरेस खकुरेलले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना १० दिन पुर्ण रुपमा बन्द हुँदा आयोजनालाई करिव २६ करोड घाटा हुने भएको छ । प्राविधिक निरिक्षणका १० दिन आयोजना बन्द हुँदा आयोजनालाई करिव २६ करोड घाटा हुने देखिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ । दैनिक करिव २ करोड ५० लाखका दरले १० दिनमा २६ करोड बढी आयोजनालाई घाटा हुने भएको हो । आयोजनाले अहिले प्रतियुनिट ३ रुपैँया ७४ पैसामा विद्युत विक्रि गरिरहेको छ ।

आयोजनाले अहिले प्रतियुनिट ३ रुपैँया ७४ पैसामा विद्युत विक्रि गरिरहेको छ । सुरुमा प्रतियुनिट ३ रुपैँया ६ पैसामा विद्युत विक्रि गरेको आयोजनाले पछिल्लो पटक बिक्रिदर बढाएको हो । आयोजनाले सुख्खा याममा भने प्रतियुनिट ७ रुपैँया १७ पैसामा विजुली बेच्नेछ । गत असोज महिनामा आयोजनाले एक अर्ब बढीको विद्युत विक्रि गरेको थियो । एकसाताका लागि आयोजना पुर्ण रुपले बन्द गरेर प्राविधिक निरिक्षणको काम गर्ने भनिए पनि एकसातामा काम नसकिएपछि समय थप गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जनाएको छ । आयोजनाका विद्युत केन्द्र प्रमुख पुर्ण गोपाल रञ्जितका अनुसार प्राविधिक परिक्षणको काम करिव अन्तिम चरणमा पुगेकाले कात्तिक १८ गते रातिबाट आयोजना सञ्चालन गर्ने तयारी गरिएको हो । मुख्य सूरुङदेखि गरिएको परिक्षणका क्रममा हालसम्म प्राविधिकहरुले कुनै त्रुटी फेला पारेका छैनन् ।

आयोजना सञ्चालनमा आएको १७ महिनापछि गरिएको प्राविधिक निरिक्षणका क्रममा उपकरण खिइने बाहेक अन्य कुनैपनि समस्या नदेखिएको आयोजनाले जनाएको छ । आयोजनाको सिभिल संरचना, मेकानिकल र इलेक्ट्रोनिक उपकरण सामान्य खिइने बाहेक अन्य समस्या नभेटिएको हो । विदेशी र स्वदेशी इन्जिनियरको टोलीले कात्तिक ८ गतेदेखि पुर्ण रुपमा विद्युत उत्पादन बन्द गरेर आयोजनाको उपकरणहरुको निरिक्षण गरिरहेका छन् । आयोजनाले २०७८ साल साउदेखि नियमित विद्युत उत्पादन सुरु गरेको थियो भने २०७८ भदौ १० गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।