images
images

दुधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्ने एडिबीको प्रतिवद्धता

  • १६ कार्तिक २०८०, बिहीबार १५:४९

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले दुधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

एडीबीले ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएको हो । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज सहित २ अर्ब २० करोड अमेरिकी डलर रहेको छ । यसमध्ये १ अर्ब ६८ करोड डलर ऋण र बाँकी इक्विटिबाट जुटाएर वित्तिय व्यवस्थापन गर्ने तयारी गरिएको छ । आयोजनामा एडीबीको नेतृत्वमा विभिन्न अन्तराष्ट्रिय वित्तिय संस्थाहरुबाट १ अर्ब डलर सहुलियतपुर्ण ऋण लगानी हुनेछ । यसबाहेक एडिबीले ५५ करोड डलर सहुलियतपुर्ण ऋण लगानीको प्रतिवद्धता जनाएको हो । आयोजना निर्माणका लागि करिव ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।

आयोजनाले जग्गा अधिग्रहण प्रक्रिया भने सुरु गरिसकेको छ । आयोजना निर्माण भएपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुनेछन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत अवलोकन समेत गरेको छ ।

फाइल तस्बिरः