images
images

तिहारको चौँथो दिन आज :गाई, गोरु र गोवर्धन पूजा गरि मनाइँदै

  • १७ कार्तिक २०८१, शनिबार ०६:५९

काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार अन्र्तगत गाई, गोरुगोवर्धन पूजा आज एकै दिन मनाइँदै छ ।

कार्तिक कृष्ण औंसीका दिन गाईको र शुल्क प्रतिपदाका दिन गोरु पूजा गर्नुपर्ने मान्यता भएपनि पञ्चांक निर्णायक समितिले आज एकै दिन गाई र गोरुको पूजा गर्न निर्देश गरेको हो ।
गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

बर्ष भरी जोतिएर मानव हितका लागी सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा दिने प्रचलन छ । कृषिकर्म गर्ने कृषक वा पशुपालनको समेत पूजा भएकाले यो दिनलाई हली तिहार पनि भनिन्छ ।

यस्तै, आँगनमा लिपपोत गरी गाईको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने चलन समेत छ ।