काठमाडौं । नेपालीहरुको महान् चाड तिहारको भाइटिकामा भोली हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पनि मौसम बदली भई भाइटिकाको दिन अझै बढी मौसम बदली हल्कादेखि मध्यम बर्षा हुने मौसमविद् सञ्जिव अधिकारीको भनाई छ । मौसमविद् अधिकारीले आज र भाईटिकाको दिन कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
हिजो जारी गरेको मौसम बुलेटिन अनुसार भोली साँझ सम्म कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक / दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।