images
images

दोलखाको ताजा मतपरिणामः प्रतिनिधिसभातर्फ कार्की दोब्बर मतान्तरले अगाडी

  • १६ मंसिर २०७९, शुक्रबार ०९:०१

दोलखा । दोलखामा मतगणना जारी छ ।

जारी मतगणनामा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ । बिहान ९ बजेसम्म प्रतिनिधिसभाको ५ हजार २ सय १ गणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी नेता गंगा कार्की (विश्व)ले सुरुवाती चरणदेखि दोब्बर मतान्तरले अग्रता लिइरहेका छन् । कार्कीले ३ हजार २ सय ४१ प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १ हजार ५ सय मत मात्रै प्राप्त गरेका छन् । यसलाई हेर्दा शिवाकोटी भन्दा कार्की १ हजार ७ सय ४१ मतले अगाडी रहेका छन् ।

यस्तै, प्रदेशसभा क्षेत्र १ मा पनि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्लेले दोब्बर मतान्तरले अग्रता लिएका छ् । क्षेत्र नम्बर १ को ४ हजार ७ सय ३३ गणना हुँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कुन्दराज काफ्लेले २ हजार ५ सय २५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमाले उम्मेदवार नरबहादुर श्रेष्ठले १ हजार ६ सय १६ मत प्राप्त गरेका छन् । काफ्ले र श्रेष्ठ बिचको मतान्तर ९ सय ९ देखिएको छ ।

प्रदेशसभा क्षेत्रको २ को ४ हजार ४ सय ५३ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीले २ हजार १ सय ८५ मत प्राप्त गरेका छन् भने वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वर्मा लामाले १ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् । हाल गौरीशंकर र शैलुङ गाउँपालिकाको मतगणना भइरहेको छ ।