
जिरी (दोलखा) । दोलखामा प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवार गंगा कार्कीले सुरुवाती अग्रता लिएका छन् ।
दोलखामा गएरातीदेखि मतगणना सुरु भएकोमा हालसम्म कार्कीले अग्रता कायमै राखेका हुन्। हालसम्म ६ हजार ३१ मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कार्कीले ३ हजार ६ सय १८ मत प्राप्त गरेका छन् भने शिवाकोटीले १ हजार ८ सय मत पाएका छन् । उनीहरुबीचको मतान्तर १ हजार ८ सय १८ रहेको छ । अहिलेसम्म तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । रास्वपाका जगदिश खरेलले हालसम्म १ सय ३५ मत प्राप्त गर्दा राप्रपा त्यसभन्दापछि देखिन्छ । जिल्ला सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा गएरातीदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । जिल्लामा क्षेत्र नम्बर १ को गौरीशंकर र २ को शैलुङबाट मतगणना सुरु भएको थियो । अब गौरीशंकरको केही वडाको मतगणना गर्न बाँकी रहेको छ । गौरीशंकरमा ८ हजार २ सय २८ मत खसेको छ ।