images
images

बाजुरामा पुनः रोकियो मतगणना

  • १६ मंसिर २०७९, शुक्रबार ०९:४९

बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ।

प्रतिनिधिसभातर्फको गणनाका क्रममा खसेको मतभन्दा ३० मत बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको हो । मुचुल्कामा उल्लेख गरिएकोभन्दा ३० मत बढी फेला परेपछि राजनीतिक दलहरुसँग छलफल गर्नका लागि अहिले केहीबेरलाई मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो । हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा ३० बढी मत फेला परेको हो।
अहिले राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी छ।