images
images

देखिएन् मतदाता शिक्षाको प्रभाव, काभ्रेपलाञ्चोकमा ३ प्रतिशत मत बदर

  • १६ मंसिर २०७९, शुक्रबार ०९:५५

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा तीन दशमलव सात प्रतिशत मत बदर भएको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो । जिल्लामा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए । त्यसमध्ये ३२ हजार चार सय ५५ मत बदर भएको छ ।