images
images

दोलखा प्रदेशसभा क्षेत्र १ मा काफ्लेकोे अग्रता, श्रेष्ठ एक हजार बढी मतले पछाडी

  • १६ मंसिर २०७९, शुक्रबार १०:०८

जिरी (दोलखा) । दोलखाको प्रदेशसभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक–बाम गठबन्धन दलका उम्मेदवार कुण्दनराज काफ्लेले अग्रता कायम राखेका छन् ।

क्षेत्र नम्बर १ तर्फ गौरीशंकर गाउँपालिकामा मत गणना जारी रहेको छ । गौरीशंकरको मत गणना अन्तिम चरणमा पुग्दा गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका काफ्लेले २ हजार ८ सय ७५ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले भने १ हजार ८ सय ५७ मत मात्रै पाएका छन् । उनीहरुबीचको मतान्तर एक हजार १८ रहेको छ । यो आज विहान ९ः३० बजे सम्म सार्वजनिक भएको विवरण हो । अब गौरीशंकर गाउँपालिकामा दुई हजार ८ सय २७ मत गन्न बाँकी छ ।