images
images

पछिल्लो मत परिणाम अनुसार लामा र केसीको मतान्तर १०४७

  • १६ मंसिर २०७९, शुक्रबार १३:२७

जिरी (दोलखा) । दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–बाम गठबन्धन दलका उम्मेदवार बर्मा लामाले एमालेका उम्मेदवार भरत केसीलाई पछि पारेका छन् ।

यसअघि केसीले अग्रता लिएपनि अहिले कांग्रेसका लामा अघि सरेका हुन् । शैलुङको मत गणना अन्तिम चरणमा पुग्दा गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका लामाले ४ हजार १ सय ४१ मत प्राप्त गर्दा एमालेका केसीले ३ हजार ६७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १ हजार ४७ रहेको छ ।

दोलखा प्रदेशसभा १ पनि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ ।