images
images

कालिञ्चोकको १ सय ४७ मत नभेटिएपछि गणना स्थगित

  • १६ मंसिर २०७९, शुक्रबार १३:४४

जिरी (दोलखा) । प्रतिनिधिसभा अन्र्तगत दोलखाको कालिञ्चोक गाउँपालिकाको मत गणना भइरहदा विवाद भएपछि गणना कार्य स्थगित भएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर १ को १ सय ४७ मत नभेटिएपछि मतगणना स्थगित भएको हो । कालिञ्चोक १ मा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ९ सय २४ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २ सय ५३ मत पाएका छन् । कालिञ्चोक १ मा कुल १४ सय ५३ खसेको मतमध्य १ सय ४७ मत नभेटिएपछि विवाद भएको हो ।

दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।