images
images

दोलखा निर्वाचन अपडेटः कसको मत कति ?

  • १६ मंसिर २०७९, शुक्रबार १५:०८

जिरी (दोलखा) । दोलखामा धमाधम मतगणना भइरहेको छ ।  केहीबेर स्थगित भएपनि जिल्लाको दुवै क्षेत्रमा मत गणना भइरहेको हो ।

अहिले गौरीशंकरको मतगणना सकेर कालिञ्चोकमा मत गणना भइरहेको छ भने शैलुङको गणना अन्तिम चरणमा पुगेको छ । हालसम्म एक मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवार माओवादीका गंगा कार्कीले आफ्नो अग्रता कायम राखेका छन् । उनले आज दिउँसो साँढे २ सम्मको मतपरिणाम अनुसार ५ हजार ५३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले २ हजार ९ सय २८ मत पाएका छन् । अहिले उनीहरुबीचको मतान्तर २ हजार १ सय २५ रहेको छ । यसैगरी प्रदेशसभातर्फ क्षेत्र १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका कुण्दनराज काफ्ले अग्रस्थानमा छन् । उनले ४ हजार २ सय ४२ मत प्राप्त गरेका छन् भने एमालेका नर बहादुर श्रेष्ठले २ हजार ९ सय ८३ मत पाएका छन् । श्रेष्ठ काफ्ले भन्दा १ हजार २ सय ५९ मतले पछाडि रहेका छन् ।

प्रदेशसभा २ तर्फ पनि पछिल्लो पटक कांग्रेसका बर्मा लामाले अग्रता लिएका छन् । यसअघि एमालेका उम्मेदवार भरत केसीले अग्रता लिँदै आएकोमा पछिल्लो पटक लामा अघि देखिएका छन् । लामाले ३ हजार ७ सय ५७ मत पाउँदा केसीले ३ हजार २ सय ७९ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ४ सय ७८ मात्रै रहेको छ ।